ताजा अपडेट »

भारतमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित

बुधबार, ३० असार २०७८, ११ : ३०
6 Shares

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ३१ हजार ३१५ रहेको छ । यो सङ्ख्या पनि १०९ दिनपछिकै सवैभन्दा कम भएको बताइएको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १।४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७२० पुगेको छ । ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७।२८ प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ । महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ । अभियान अन्तर्गत अहिलेसम्म ३८।१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस