ताजा अपडेट »

एमाले विभाजन रोक्ने प्रयास गर्दा धम्कीयुक्त फोन आयो: भिम रावल

बुधबार, ३० असार २०७८, ११ : ३५
2 Shares

बुटवल । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गरेका छन् ।

रावलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सो खुलासा गरेका हुन् । ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ ।’–रावलले विज्ञप्तिमा भनेका छन्, । रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन् ।

https://twitter.com/BhimRawal179/status/1415176627701489664?s=20
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।