ताजा अपडेट »

अझै खुलेन कर्णाली राजमार्ग

आइतबार, ०६ असार २०७८, १० : ४४
4 Shares

काठमाडौं । लगातारको झरीले कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डका विभिन्न ठाउँमा गएको पहिरोबाट एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्तर्गत दैलेखका सियाला, किटुभिर, दहीखोला, घट्टेखोलालगायतका ठाँउमा परिरो झरेर सडक पुरिएको भए पनि पहिरो नहटाइँदा राजमार्ग सञ्चालना आउनसकेको छैन ।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट खाद्यान्न लिएर गएका, यात्रुबाहक सवारी साधन र जुम्ला कालीकोट पुर्याएर सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारी साधन बाटोमै थुनिएका छन् भने यात्रा गर्ने सर्वसाधारण पैदलयात्रा गर्न बाध्य भएका छन् । सवारी साधन चल्न नसक्दा दैलेख, कालीकोटलगायतका सर्वसाधरणलाई पैदल हिँड्नुपर्ने बाध्यता आएको हो । राजमार्ग अवरुद्ध हुँदा लामो समय  पैदल हिँडेर आफ्नो गन्तव्यमा पुग्नुपर्ने बाध्यता आएपछि सर्वसाधारणलाई निकै सास्ती भएको छ । 

अचानक कोही बिरामी परे उपचारका लागि कसरी सुर्खेत तथा बाहिर जिल्ला लैजाने भन्ने कुराले सताएको  स्थानीयवासी भीम बुढाले चिन्ता व्यक्त गरे । एक हप्तादेखि राजमार्ग अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले चासो नदिँदा बिरामी परे अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको उनले गुनासो गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।