ताजा अपडेट »

प्रहरीमाथी दुर्व्यवहार गर्नेलाई कार्वाही गर्न माग

शुक्रबार, ०४ असार २०७८, १७ : ११
4 Shares

भैरहवा । काठ्माण्डौमा ड्युटिमै खटिएका प्रहरीमाथी दुव्र्यवहार गर्नेलाई रुपन्देहीका युवाहरुले कार्यवाहीका माग गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै राष्ट्रसेवक प्रहरीलाई नश्लभेदी टिप्पण्ी गर्नेलाई कार्यवाहीको माग गरिएको हो ।

करिब ४५ दिनअघि निषेधाज्ञाको उल्लंघन गर्दै संक्रामक रोग ऐन २०२० लाई चुनौती दिदै ट्राफिक प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई गालीगलौज गर्ने ज्वाला संग्रौला लगायतमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ । भैरहवाका युवानेता रवि कुमार रौनियारको नेतृत्वमा युवाहरुले करिब ४५ दिन अघि ज्वाला संग्रौलासंग उनको सवारीचालक अनुमतिपत्र माग्दा उनीसहित संगै रहेका अन्य ३÷४ जनाले ट्राफिक प्रहरी सहायक निरीक्षक झामाथि अपशब्द प्रयोग गरेकोले उनीहरुमाथि कारवाही हुनुपर्ने माग गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फत बुझाइएको गृहमन्त्री अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१० को दफा १६० र १६६ को अपराध र सोही संहिताको परिच्छेद २७ को दफा ३०५ को समेत कसुर गरेकोले यस्तो गलत कार्य गर्ने व्यक्तिहरुलाई कारवाही हुनुपर्ने भैरहवाका युवाहरुको जिकिर रहेको छ । ड्युटिमा खटिएको राष्ट्रसेवकको मनोबल नै गिर्ने गरि दुव्र्यवहार गरेको र नश्लभेदी भेदभाव गरेकोले यस्तालाई कार्यवही हुनु पर्ने उनिहरुको तर्क रहेको छ । “सामाजिक सञ्जालमा लेखेर मात्र नभई यिनिहरु बिरुद्ध कानूनी कार्यवाहीमै जानु पर्छ भन्ने मनसायले उजुरी दिएका छौ ।” रौनियारले भने । तत्काल यस्ता किसिमका प्रवृत्तिलाई कानूनको कठघरामा नउभ्याइए नागरिकप्रति विभेद रहेको मानिने र सो को लागि अन्तर्राष्ट्रियस्तरमा समेत पुुग्नुपर्ने अवस्थाको सिर्जना हुने उनको भनाइ छ।

यसरी कार्यवाहीको माग गरि ज्ञापनपत्र बुझाउनेमा रवि कुमार रौनियार, संजय कुमार गुप्ता, इन्द्रजित राय, विरेन्द्र ज्ञवाली, जावेद आलम, रमजान आलम, दिपेश प्रताप शाही, विनोद खडका, रितु यादव, रेनुराज सिंह, लगायत १७ जना रहेका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तामाङले संविधानको बर्खिलापमा जाने कसैलाई पनि राज्यले नछोड्ने बताए । उनले जो कोही भए पनि दोषी भए कार्यवाहीको हुनुपर्ने जिकिर गर्दै प्राप्त भएको ज्ञापनपत्र तत्काल गृह मन्त्रालयमा पठाएको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।