६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका स्थानीयलाई सिल्क ग्रुपले खाद्यान्न सहयोग गरेको छ । सिन्धुपाल्चोकका जनप्रतिनिधि एवं प्रतिनिधिसभमाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिल्क ग्रुपले २०० बोरा चामल सहयोग गरेको हो । सिल्क ट्रान्सपोर्टमार्फत प्राप्त चामल आजै सभामुख सापकोटाले मेलम्ची–इन्द्रावती क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समितिका संयोजक कृष्णगोपाल तामाङलाई हस्तान्तरण गरे ।

उक्त खाद्यान्न सिल्क ग्रुपले मेलम्चीमा पुर्याएर हस्तान्तरण गरेको हो । खाद्यान्न आजै प्रभावित क्षेत्रमा पुर्याइएको छ । सिल्क ग्रुपले बाढीपहिरो पीडितलाई १०० वटा त्रिपाल र म्याट्रेस पनि सहयोग गर्दै छ । तातोपानी भन्सारमा रहेको त्रिपाल र म्याट्रेस मेलम्चीका लागि हिँडाइएको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले जानकारी दिए । हिमालय सीमापार व्यापारमा संलग्न सिल्क ग्रुपले यसअघि पनि प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

सिल्क ग्रुप उत्तरी नाका विशेषगरी तातोपानी नाकामार्फत नेपाल–चीन व्यापारमा क्रियाशील रहेको छ । सिल्क ग्रुपले कोरोना भाइरसको दोस्रो लहरका बेला नेपालमा अक्सिजन सिलिण्डरको चर्को अभाव भएका बेला चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो । तीन दिनदेखिको अविरल वर्षापछि मंगलबार साँझ सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीमा परेर दर्जनौ बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सभामुख सापकोटासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ प्रभावित क्षेत्रमा पुगेर उद्धार, व्यवस्थापन तथा राहत वितरणमा जुटेका थिए । बाढीले मेलम्ची बजारका अधिकांश क्षेत्र डुबानमा पारेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घर फर्किए म्यादी प्रहरी उत्तर कोरियामा ‘ज्वरो’बाट २२ लाख प्रभावित मदन भण्डारी स्मृति यु–१४ लिटिल स्टार क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी तिलोत्तमामा गठबन्धनका खाँणलाई पछि पार्दै चापागाईं, उपप्रमुख चौधरीको फराकिलो मतान्तर कायम स्वस्थ जीवन जिउन उचित आहारमा ध्यान दिऔँ : लुम्बिनी प्रदेश प्रमुख शेरचन रुपन्देहीका ८ पालिकाका निर्वाचित जनप्रतिनिधिले लिए शपथ सैनामैनाका जनतालाई पूर्व मेयर कार्कीको प्रतिबद्धता-‘जनसेवामा जुट्न कुनै कुराले बाधा पुर्याउने छैन’ सैनामैना प्रमुखमा गठबन्धनका शर्मा, उप-प्रमुखमा एमालेकी राना रुपन्देहीको गैडहवा प्रमुख र उपप्रमुखमा एमाले विजयी लिटिल बर्ड्समा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम एसिया कप छनोट: किरण पनि टिमबाहिर, चार खेलाडीलाई अवसर सम्मरीमाईमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी रुपन्देहीको मर्चवारी अध्यक्षमा कांग्रेस परित्याग गरेका बरई विजयी तिलोत्तमामा खाँण भन्दा चापागाईं १८६ मतले अगाडि ६५० पालिकामा नतिजा आयो, कांग्रेसलाई २९२ पालिका पाल्हीनन्दन गाउँपालिकामा पुनःमाओवादीका बैजुप्रसाद गुप्ता शपथ ग्रहणपछि सिद्धार्थनगरका मेयरकाे घाेषणा- आफूले पाएकाे मत बराबर वृक्षारोपण गर्छु भरतपुर महानगर अपडेट : रेनुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु