ताजा अपडेट »

लुम्बिनी प्रदेशका सबै जिल्ला स्थानीय निकायलाई स्वास्थ्य साम्रगी

विहीबार, २७ जेठ २०७८, १७ : ५०
4 Shares

बुटवल । युएसएआइडिको सहयोग, हेलेन केलर इन्टरनेस्नलको अगुवाइमा संचालीत सुआहारा कार्यक्रमद्धारा लुम्विनि प्रदेशका सम्पूर्ण जिल्ला र स्थानीय निकायलाई विश्वव्यापि रुपमा फैलिएको कोरोना नियन्त्रण र रोकथामको लागि स्वास्थ्य सामा्रगी प्रदान गरेको छ । महामारीको समयमा अग्रस्थानमा खटिएर काम गर्ने स्वास्थ्यकर्मि र सम्पूूर्ण महिला स्वास्थ्य स्वयम सेविकाको लागि साथै प्रदेश आपूर्ति केन्द्रमा पनि सामाग्री हस्तान्तरण गरिएको सुआहारा कार्यलय रुपन्देहिमा कार्यरत प्रदेश संयोजक भरत शर्मा प्रसाईले जानकारी दिए ।

लुम्विनि प्रदेका १२ जिल्ला (प्यूठान, रुपन्देहि, कपिलवस्तु, रोल्पा, अर्घाखाची, गुल्मी , पश्चिम नवलपराशी, पाल्पा, दाड., बाँके, बर्दिया र पश्चिम रुकुम) मा नौ हजार छयालिस जना महिलास्वास्थ्य स्वयम सेविकालाई ५० थान माक्स र १०० एम एलको सेनिटाइजर, ६६८ स्वास्थ्य संस्थाहरुमा माक्स, ५०० एम एलको सेनिटाइजर र पि पि इ सेट सम्वन्धित जिल्ला स्थित कार्यक्रमका कर्मचारीहरुद्धारा हस्तान्तरण गरिएको छ । साथै प्रदेश आपूर्ती केन्द्रमा २५००० थान माक्स, १९० थान पि पि इ सेट र के एन ९५ माक्स ७०० पिस सुआहारा कार्यक्रमका प्राविधिक संयोजक रक्षा गिरिले हस्तान्तरण गरे ।

१२ जिल्लामा कार्यरत साझेदार संस्थाहरु, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र – प्यूठान, सेतो गुुरास बाल विकास केन्द्र – रुपन्देहि, लुम्विनि सामाजिक विकास केन्द्र– अर्घाखाची, वि गु्रप – बाँके, जन जागरण महिला संघ– बर्दिया, वेश– दाड., एकिकृत ग्रामिण विकास समाज– गुल्मी, कालिका स्वाभलम्भन विकास केन्द– कपिलवस्तु, पछेडेपन उन्मुलुन समाज – पाल्पा र नवलपाराशि, ग्रामिण विकास तथा चेतना समाज–रोल्पा) मार्फत जिल्लाका स्थानिय तहमा सामाग्रिहरु हस्तान्तरण गरिएको छ ।

सुआहारा जिल्ला कार्यालयमा कार्यरण कार्यक्रम संयोजक, प्राविधिक संयोजक, पोषण र स्वास्थ्य अधिकृत तथा स्थानीय साझदेर संस्थामा कार्यरत कार्यकारी निर्देशक , फिल्ड संयोजक , पालिका पोषण सहजकर्ता, समुदायिक पोषण सहजकर्ता र वोर्डर क्षेत्रमा वसेर काम गरि रहनुभएका सामुदायिक संग्लग्नता सहजकर्ताले स्थानीय निकाससँग समन्वय गरि वितरण गरि कोभिड विरुद्धको प्रतिकार्यमा महच्वपूर्ण योगदान दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।