ताजा अपडेट »

घर बहाल कर छुट गर्न हाेटल व्यवसायीहरुकाे माग

शुक्रबार, १४ जेठ २०७८, १८ : १८
6 Shares

बुटवल । होटेल व्यवसायीले कोभिड–१९ को विश्वव्यापी महामारीबाट थला परेका व्यवसाय संरक्षणका लागि घर बहाल कर छुट गर्न र व्यवसायको अग्रभागमा खटिने कामदारलाई कोभिड विरुद्धको खोपको व्यवस्थागर्न माग गरेका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शुक्रवार बुटवमा पत्रकार सम्मेलन गरि कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि सरकारले सहुलीयत व्याज दरमा ऋणको व्यवस्थागर्न माग गरेको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले निषेधाज्ञाको कारणबाट राज्यलाई बुझाउने मुल्य अभिबद्धि कर तथा अन्य महशुलहरु बुझाउने समयावधी बढाउन र कुनै व्याज जरिवाना नलिने नीति तय गर्न माग गरे । कोभिड १९ को दोस्रो भेरियन्टका कारणबाट होटल व्यवसाय पूर्ण रुपमा बन्द भएकाले धेरै स्वरोजगारमुलक व्यवसायी तथा मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएकोले त्यस्ता व्यवसायीलाई राज्यतहबाट उचित राहातको व्यवस्था मिलाउन अध्यक्ष गौतमले आग्रह गरे ।

निषेधाज्ञाका कारण सबै होटल रेष्टुरेण्टको व्यापार व्यवसाय बन्द रहेकाले लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा छुट गर्ने व्यवस्था मिलाउन, विद्युतमा लगाउँदै आएको डिमाण्ड चार्ज १ वर्षसम्म छुट गर्न संघका महासचिव माधव कुमार खनालले सरकारसँग माग गरे । व्यवसायीहरुले कोरोना महामारीका कारण आफूहरुको व्यवसायीक अस्तित्व अत्यन्तै जोखिममा पुगेको गुनासो गरेका छन् । यो अवस्थामा होटल व्यवसाय टिकाउन सकिन्छ कि सकिँदैन भन्ने अन्यौलका बीच व्यवसायी रहेको भन्दै यसबाट लाखौ आश्रित कर्मचारी र मजदुरहरुको रोजगारी समस्यामा परेको संघका द्वीतीय उपाध्यक्ष लेखनाथ भडारीले बताए ।

व्यवसायीहरुले होटलको पुनरुत्थानका लागि ३ वर्षको लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै होटल पूर्ववत लयमा नआउन्जेलसम्म वर्तमान मूल्यअभिवृद्धि करमा छुट, आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न र जरिवाना तथा हर्जाना पूर्ण मिनाहाको माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।