ताजा अपडेट »

काठमाण्डौंमा निषेद्याज्ञा लम्बियो

मंगलबार, २१ बैशाख २०७८, १६ : १९
10 Shares

काठमाडौं । उपत्यका भित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २९ गते राती १२ बजे सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिए ।

साथै पसल खोल्ने समय बिहान ९ बजेसम्म मात्र कायम गरिएको उनले जानकारी दिए । अव देखि अत्यावश्यक बाहेकका अरु सवै पास बन्द गर्ने निर्णय भएको छ । यसै गरि बैंक तथा वित्तिय संस्थामा सिमित जनशक्ति राखेर चलाउन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।