ताजा अपडेट »

रुपन्देहीमा संक्रमितहरुको मृत्यु दर बढ्दै, एकैदिन ११ जनाको मृत्यु

सोमबार, २० बैशाख २०७८, १७ : ३२
8 Shares

भैरहवा । पूर्व भूमिसुधार सहायक मन्त्री प्रकाश चित्रकारको निधन भएको छ । उनको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) मा उपचारको क्रममा मृत्यु भएको हो । ७२ वर्षिय चित्रकारको सोमबार बिहान मृत्यु भएको युसीएमएसका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । वैशाख १७ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोभिड संक्रमणको कारण ज्यान गुमाउनेको संख्या रुपन्देहीमा बढ्दै गई रहेको छ । पछिल्लो २४ घण्टा भित्र मात्रै रुपन्देहीमा ११ जनाको कोभिडको कारण मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले तथ्यांक सार्वजनिक गरेको छ । यस संगै रुपन्देहीमा मृतकको संख्या २ सय १६ जना पुगेको छ । यस्तै दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको तथ्यांकबाट देखिन्छ । रुपन्देहीमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबै भन्दा बढी ५ सय ७९ जना संक्रमित भेटिएका छन् ।

यस संगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ । २४ घण्टामा सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा २ सय ५१ जना कोरोना पोजिटिभ देखिएका छन् । यस मध्ये १ सय १० जना महिला र १ सय ४१ जना पुरुष रहेका छन् । यसै गरि सिद्धार्थनगर नगर पालिकामा ४५ महिला र ४५ पुरुष गरि ९० जना, तिलोत्तमा नगरपालिकामा ५९ महिला र ६७ पुरुष गरि १ सय २६ जना, सैनामैना नगरपालिकामा १४ जना महिला र १८ जना पुरुष गरि ३२ जना र देवदह नगरपालिकामा ११ जना महिला र ९ जना पुरुष गरि २० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमितहरु मध्ये २९ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने ६९ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये २ प्रतिशतको मात्र मृत्यु भएको छ । रुपन्देहीमा कोरोनाको ग्राफ दैनिक रुपमा बढ्दो रहेको छ । बैशाख १ गते ३८ जना संक्रमित देखिएकोमा २ गते १५ जना ३ गते ३६ जना, ४ गते ३५ जना, ५ गते ६६ जना, ५ गते ७९ जना संक्रमित देखिएका थिए ।

यस्तै ७ गते ७३ जना, ८ गते १ सय १८ जना ९ गते ६८ जनामा संक्रमण देखिएकोमा १० गते एक्कासी बढेर यो संख्या २ सय २६ मा पुगेको थियो । त्यस यता संक्रमितहरुको संख्या लगाततर बढ्दै गई रहेको छ । ११ गते ३ सय १, १२ गत २ सय ४, १३ गते २ सय ६३, १४ गते ४ सय १९, १५ गते ३ सय ८०, १६ गते ४ सय ४७, १७ गते ४ सय ५९ जना, १८ गते ४ सय ४ सय ३२ जना, १९ गते ४ सय ४१ जना र आज २० गते ५ सय ७९ जनामा संक्रमण देखिएको हो ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा