ताजा अपडेट »

सत्तारुढ नेकपाका २२ जनवर्गीय संगठन बृक्षारोपणमा लाग्दै

बुधबार, ११ असार २०७६, १९ : ०७
6 Shares

असार ११,

काठमाण्डौं । नेकपाका २२जनवर्गीय संगठन नेपाल सरकारले घोषणा गरेको वृक्षरोपण वर्ष सफल पार्न लागिपर्ने भएका छन् । सचिवालय सदस्य एवं अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा बुधबार आयोजित जनवर्गीय संगठनको संयुक्त भेलाले असार १४ गते वृक्षरोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ । भेलामा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति रहेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सरकारले असार १४ गते राष्ट्रव्यापी वृक्षरोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको छ । उक्त दिन जनवर्गीय संगठनद्वारा सरकारको यस निर्णयलाई समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘प्रकृतिप्रदत्त उपहारका रुपमा रहेको नेपालको संरक्षण यहाँका प्रत्येक नागरिकको कर्तव्य हो’, प्रतिबद्धतामा लेखिएको छ’, वातावरण र जैविक विविधताको सुरक्षा र संरक्षणको सबभन्दा महत्वपूर्ण काम नेपालको प्राकृतिक वनजंगलको संरक्षण र बाँकी सबै क्षेत्रमा हरियाली कायम गर्नु हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।