ताजा अपडेट »

गुल्मीमा निषेधाज्ञा उल्लंघन गर्ने ३ दर्जन बढि सवारी नियन्त्रणमा

आइतबार, १९ बैशाख २०७८, १६ : ३०
4 Shares

गुल्मी । गुल्मीमा निषेधाज्ञा उल्लंघन गरि सवारी साधान चलाउने माथी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना संक्रमणको दोस्रो लहर तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जारी गरिएको निषेधाज्ञाको पहिलो दिनमा ३५ वटा मोटरसाइकल र ४ वटा जीपलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए ।

निषेधाज्ञामा तम्घास बजारका बिभिन्न स्थानमा गरिएको चेक जाँचमा सवारी साधानहरु नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारी साधानलाई चिदिचौरमा राखिएको छ । निषेधाज्ञा उल्लङ्घन गरि सवारी साधान चलाएकाले आबश्यक पक्रिया पुराएर छोडीने आचार्यले बताए । गुल्मीमा गएरातीदेखि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) गुल्मीले बैशाख २५ बजेसम्मको लागि निषेधाज्ञा गरिएको छ ।

यो अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा पनर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको भएको छ । निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी, बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।