ताजा अपडेट »

कपिलवस्तुमा बैशाख २१गतेदेखि निषेधाज्ञा

आइतबार, १९ बैशाख २०७८, १४ : २५
8 Shares

कपिलवस्तु । कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आज विहान ११ बजे जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो । बिहान लकडाउनबारे निर्णय लिन प्रशासनले बैठक आह्वान गरेको थियो ।

यसैबिच अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म पसलहरुभने खुला रहने प्रशासनले जनाएको छ । कपिलवस्तुका छिमेकी जिल्लामा लकडाउन जारी भैसकेको छ । लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।