१५ मंसिर २०७८, बुधबार

Dec 1, 2021

बाँके । थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैका बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ । रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जनाएको छ ।सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले यस वर्षदेखि मकैको हाइब्रिड बीउ उत्पादन गर्न थालेको हो ।

Advertisement

बीउ उत्पादनका लागि सिमिट÷एनसाफको प्राविधिक सहयोग रहेको जनाइएको छ । जिल्लाको कोहलपुर र डुडुवा गाउँपालिका मकैको बीउ उत्पादन गर्न शुरु गरिएको हो । संस्थाका प्राविधिक तेज खड्काले चितवनस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको समन्वय र सहकार्यमा नयाँ जातको बीउ उत्पादन गरिएको बताए ।उनले भने“ शुरुआती चरणको बीउ उत्पादनको नतिजा राम्रो निस्किएको छ । यही अनुभवका आधारमा बीउ उत्पादन विस्तार गर्छाै । ”

डुडुवा २ बेतहनी सन्तलियापुरका कृषक राजेन्द्रप्रसाद वर्माले हाइब्रिड रामपुर–१० मकैको उत्पादन राम्रो रहेको जानकारी दिए । उनले लगाएकाे मकैको अवलोकन गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अमर पुनले यो किसिमको अनुसन्धान नयाँ रहेको र लगानी र उत्पादन कस्तो देखिने हो भन्ने हेर्न बाँकी रहेको बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले रामपुर जातको मकैको उत्पादन राम्रो हुने जानकारी दिए । उनले प्रदेश सरकारले उत्पादनमा आधारित कार्यक्रममा प्रति केजी रु २५ अनुदान समेत दिएको बताए ।बीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलीप सिंहले भारतीय हाइब्रिड मकै भन्दा वढी नै उत्पादन दिने जानकारी दिए ।प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना मकै जोनका कफिल अहमदले किसानको माग हाइब्रिड रामपुर–१० मा अत्याधिक रहेको बताए । हाल मकै जोन अन्तर्गत १० हेक्टरमा सो जातका मकै प्रर्दशनका लागि लगाइएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

चिकित्सक र उपकरण अभावले थला परेको अस्पताल तिनाउको हरियाली गाउँमा लैंगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण उद्योगमैत्री वातावरण बनाऊँ : प्रदेश प्रमुख शेरचन एकीकृत समाजवादीको कार्यालय उद्घाटन गर्न बुटवल आउँदै माधव नेपाल चोरीका मोटरसाइकल चलाउने दुई पक्राउ राष्ट्रपति भण्डारीले जारी गरिन् ६ अध्यादेश एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई राष्ट्रिय गौरबका आयोजनाहरुको प्रगतिबारे लुम्बिनी सरकारको चासो कांग्रेस प्रदेश अधिवेशनको उद्घाटनसत्र भोलि, प्रदेश-२ का केही जिल्लामा विवाद कायमै रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन रुपन्देहीका पत्रकारद्वय कंडेल र नेपाललाई रोटरी पत्रकारिता पुरस्कार तीन हजार पर्यटन मजदूरलाई राहत मतदाता नामावली संकलन पालिकाबाटै गरिने भरुवा बन्दुकसहित एक जना पक्राउ ओमिक्रोन भेरियन्टको कारण जापानले रोक्यो नयाँ आगमन उडान बुकिङ वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि राप्रपा-एमाले अधिवेशनः शुभकामना दिन चितवन पुगे थापा, तर ओली भृकुटीमण्डप पुगेनन् नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण, ३ को मृत्यु मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु