ताजा अपडेट »

सबै क्रिकेट गतिविधि बन्द गर्ने क्यानकाे निर्णय

शनिबार, १८ बैशाख २०७८, ०७ : ५७
4 Shares

बुटवल । काेराेना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबै क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ ।क्यानले शुक्रवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि सबै क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हाे । 

क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएका शृङ्खलाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बिहीवारदेखि निषेधाज्ञा लागू भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।