ताजा अपडेट »

विश्कप क्रिकेट : इंग्ल्याण्ड र अफगानिस्तान खेल्दै

मंगलबार, ०३ असार २०७६, १४ : २१
6 Shares


असार ३,

काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डको म्यान्चेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकपको २४औं खेलमा दुवै टिमको पहिलोपटक इङ्ल्याण्डको घरेलु मैदानमा भेट हुँदैछ । इङ्ल्याण्ड यो सिजनमा पाँचौं खेल खेल्दैछ । यी पाँच खेलमा इङ्ल्याण्डले तीनपटक जितेको छ र अंकतालिकाको चौथो स्थानमा छ । अफगानिस्तानले भने यसपटक कुनै पनि खेल जित्न सकेको छैन र ऊ अंक तालिकाको १०औं स्थानमा रहेको छ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ ।इङ्ल्याण्डका लागि अप्ठेरो भनेको आजको खेलमा मुख्य खेलाडी जेसन राय र कप्तान इयान मोर्गन घाइते छन् । जेस दुई वा तीन खेलमा खेल्न सक्नेछैनन् । मोर्गनको बारे भने खेलअगाडि निर्णय हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।