१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

सर्लाही । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । वर्षेनी सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव व्यहोरिरहेका हुन् । सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयवासीले बताएका छन् । चुरे डाँडा छेउछाउका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै खानेपानीको समस्या सिर्जना हुने गर्दछ ।

Advertisement

हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालीञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोलालगायत क्षेत्रमा खानेपानीको सङ्कट हुने गरेको हो । बढ्दो वन विनाश र अवैध उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका मुहान चाँडो सुक्न थालेका छन् । यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् । गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यसमा रातभरि जम्मा भएको पानीले दुई/चार घरलाई मात्र पुग्ने गरेको ईश्वरपुर नगरपालिका–१२, कालीञ्जोरका कान्छा लामाले बताए । “अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छौँ”, उनले सुनाए । चुरेका बासिन्दा र वस्तुभाउले एउटै खोला/खोल्साको पानी खान्छन् । दूषित पानी पिउँदा स्थानीय बासिन्दा बर्सेनि पखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका छन् ।

लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुन र चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गरे । “मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ”, रानाले भने । एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । खानेपानीको अभाव टार्न गत वर्ष लालबन्दी, वाग्मती र हरिवन नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पुर्याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीले बताएका छन् । नगरको उत्तरी क्षेत्रका बस्तीमा खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवम् नयाँ निर्माण गर्ने र ठाउँठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको जनप्रतिनिधिले बताएका छन् ।

हरिवन–१ चुरेपाखोस्थित धिमिलेमा आधा दर्जन गाउँलाई पानी खुवाउन ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । नगरप्रमुख गणेशप्रसाद प्रसाईंले उक्त ओभरहेड ट्याङ्कीको शिलान्यास गरेका हुन् । चालु आव २०७७/७८ सम्म सम्पन्न गर्ने गरी दुई हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गर्न शुरु गरिएको नगरप्रमुख प्रसाईंले जानकारी दिए । सो आयोजनाअन्तर्गत वडा वडा नं १ का सात स्थानमा त्यति नै क्षमताको ट्याङ्की निर्माण हुने नगरपालिकाले जनाएको छ । रु एक करोड ५० लाख लागतमा निर्माण हुन लागेको ट्याङ्कीमा दुई मुहानबाट पानी लिफ्टिङ गरेर लैजाने योजना रहेको नगर उपप्रमुख रेणुका पौडेलले बताए ।

यसरी लिफ्टिङ गरिएको पानी चुरेडाँडामा रहेका वनमारा, केराबारी, थामीटोल, विलन्दी र बेलडाँडामा पाइपलाईनमार्फत वितरण गरिने छ । पानीको उपयुक्त स्रोत नहुँदा स्थानीयवासीले मूलको जरुवा पानीलाई कुवा बनाएर सङ्कलन गरेर पिउँदै आएका छन् । त्यहाँ रहेको कुवा पनि हिउँदको केही महिना सुक्ने गर्दा काकाकुलको अवस्था बेहोर्नु परेको स्थानीयवासी सोमबहादुर वाइवाले गुनासो गरे । गाउँमा पानी ट्याङ्की निर्माण हुने र घरघरमा धाराबाट पानी आउने भएपछि स्थानीयवासी खुशी भएका छन् । नगरको अति विकट मानिने वडा नं १ र आसपासका क्षेत्रमा कसरी पानी पुर्याउन सकिन्छ भनेर थप अध्ययन गरिसकिएको र नजीकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत खानेपानी पुर्याउने थप प्रयास भइरहेको नगरप्रमुख प्रसाईंले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण