May 16, 2021, Sunday
२ जेष्ठ २०७८, आईतवार

काेराेनाका ८३६ नयाँ सङ्क्रमित, २०८ सङ्क्रमित निको

117

काठमाडौं । नेपालमा कोरोना भाइरसका ८३६ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच हजार ५५७ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । । यस्तै, ६३१ वटा एन्टिजिन परीक्षणमा ६४ जना सङ्क्रमितको पहिचान गरिएको छ ।

मन्त्रालयको कोभिड १९ सम्बन्धी अद्यावधिक विवरणमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८०९ पुगेको जानकारी गराएको छ ।पछिल्लो चौबीस घण्टामा २०८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ८१२  जना निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा कोभिड सङ्क्रमणले चार ब्यक्तिको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ७० जनाको मृत्यु भएको छ ।हाल पाँच हजार आठजना आइसोलेशनमा र ७७  जना क्वारेन्टिनमा छन् ।

पछिल्लो अपडेट