ताजा अपडेट »

महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता

विहीबार, २४ फागुन २०८०, १६ : १४
50 Shares

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गरेकी छन् । एक कार्यक्रमका सिलसिलामा हाल बेलायत रहेकी दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो।

दाहालले दिएको जानकारीअनुसार भेटका क्रममा वर्षौंदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो ।त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उनले जानकारी दिइन्। सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गरेकी थिइन् ।

भरतपुर महानगरपालिकाल सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षकारुपमा मनाइरहेको छ। सो भेटपश्चात् निजेलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गरेको दाहालले जानकारी दिइन् । रासस 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।