ताजा अपडेट »

प्यूठान-रुपन्देही सम्पर्क मञ्चको अध्यक्षमा पत्रकार पोखरेल

सोमबार, २३ चैत्र २०७७, १२ : ३१
8 Shares

बुटवल । प्यूठान रुपन्देही सम्पर्क मञ्चको दशौं साधारण सभा तथा पांचौ अधिवेशनले पत्रकार श्यामलाल पोखरेलको अध्यक्षतामा नेतृत्व चयन गरेको छ । मञ्चको वरिष्ठ उपाध्यक्षमा पदमप्रताप जीसी, प्रथम उपाध्यक्षमा जेवी क्षेत्री र द्वितिय उपाध्यक्षमा भरत केसी निर्वाचित भएका छन् ।

सचिवमा प्रदीप जीसी, सहसचिव डिवी खत्री (प्रदीप) र कोषाध्यक्षमा कृष्णबहादुर जीसी निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकराज पोखरेलले जानकारी गराए । कार्यसमिति सदस्यहरुमा हेमन्ता रोकाया, बिनोद गिरी, भरतमणी न्यौपाने, दीपक योगी, रामजी पोखरेल, अमर थापा, विष्णु खनाल, शरदचन्द्र सिंह रोकाय, उमा जीसी र घनश्याम सुवेदी रहेका छन् । सो अवसरमा बोल्दै प्राध्यापक डा. गितु गिरीले सामाजिक संघसंस्थाहरु समाजप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए । सामाजिक संघसस्थहरुलाई दलीय राजनीतिबाट अलग राख्नु पर्ने बताउंदै सामाजिक हितमा ध्यान दिएर काम गर्न आग्रह गरे । कार्यक्रममा प्यूठान रुपन्देही सम्पर्क मञ्चका पूर्व अध्यक्ष लोकराज पोखरेल, वरिष्ठ साहित्यकार तथा लेखक जंगबहादुर शाहा, मञ्चका संस्थापक सदस्य बुद्विमान थापा, लोकबहादुर बस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभा तथा अधिवेशनमा मञ्चद्वारा प्रकाशित डाइरेक्ट्ररी प्रमुख अतिथि प्राध्यापक डाक्टर गितु गिरीबाट विमोचन गरिएको छ । मञ्चको प्रगतिप्रतिवेदन सचिव श्यामलाल पोखरेल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप जीसीले प्रस्तुत गरेका थिए । विधान संशोधन समितिका संयोजक डिवी खत्रीले पेश गरको प्रस्ताव पेश गरिएको छ । २०५९ सालमा स्थापना भएको सम्पर्कमा मञ्चमा हाल करिव ४ सय जना साधारण सदस्य, १ सय २१ जना आजीवन सदस्य संख्या रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।