ताजा अपडेट »

आरक्षण सुनिश्चित गर्न आदिवासी प्रदर्शनमा

मंगलबार, २८ जेठ २०७६, १८ : ३६
2 Shares

जेठ २८, काठमाण्डौं । नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग राख्दै आदिवासी जनजातिहरू प्रदर्शनमा उत्रिएका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा सूचिकृत ५९ जातीय संस्था लगायतले मंगलबार काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । 

लोकसेवा आयोगले समानुपातिक समावेशी सिद्धान्तको भावना र मर्मविपरीत जारी गरेको विज्ञापन खारेज हुनुपर्ने माग राखेका छन् । 'संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर' नारासहित विरोध प्रर्दशन गरेका हुन् । 'हामी प्रारम्भिक चरणमा राज्यको ध्यानाकर्षण गराउन सडकमा उत्रिएका हौं,' संविधानलाई कुल्चिने काम भएकोले बाध्यात्मक आन्दोलनमा उत्रिनु परेको उल्लेख गर्दै महासंघको अध्यक्ष जगतबहादुर बरामले भने, 'राज्य सरकारले सुनुवाई नगरेसम्म आन्दोलन जारी रहन्छ ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।