ताजा अपडेट »

भैरहवाको भिम अस्पताललाई आकस्मिक कक्षको हस्तान्तरण

आइतबार, २२ चैत्र २०७७, १९ : ५४
40 Shares

भैरहवा । लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले भैरहवामा निर्माण गरेको अत्याधुनिक सुविधा सहितको लिलाराम न्यौपाने आकस्मिक भवन भिम अस्पताललाई हस्ताण्तरण गरेको छ । आईतबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले भिम अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एकराज विश्वकर्मालाई उक्त भवन हस्ताण्तरण गरेका हुन ।

यससंगै भिम अस्पतालको सेवा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । भैरहवाबाट नै ब्यवसायिक जिवन सुरु गरेको लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानले भैरहवामै पनि थुपैै्र सामाजिक कार्य गरेको छ । त्यसैमध्येको एक हो भैरहवामा निर्माण भएको भिम अस्पतालको आकस्मिक भवन । विपन्न परिवारहरु दुर्घटना लगायत अन्य कारणले अकालमै मृत्यु नहोस भन्ने उद्देश्यले प्रतिष्ठानले भिम अस्पताल परिसरमा आधुनिक सुविधा सहित दुई तल्ले आकस्मिक भवन निर्माण गरि दिएको छ । भवनमा कतिपय निजि अस्पतालहरुमा नभएको सुविधा पनि रहेको अस्पताल प्रशासनको भनाई छ ।

३ करोड २५ लाख बढी लागतमा तयार भएको भवनमा आकस्मिक सेवा साथै भेन्टिलेटर सहित आईसियु कक्ष समेत रहेको छ । प्रतिष्ठानले सुदिप निर्माण सेवालाई ठेक्कामा दिएको थियो । १ करोड ७० लाख लागतमा भवन, १ करोड ५० लाखको सामाग्रीहरु रहेको छ । यस्तै ३० लाखको लिफ्ट पनि उक्त भवनमा निर्माण हुने भएको छ । सम्पन्न भएको भवनको पहिलो भुई तल्लामा अति गम्भिर खालका बिरामीहरुका लागी २४ घण्टे आकस्मिक सेवा प्रदान गरिने छ । भुई तल्लामै प्रकोप ब्यवस्थापन कोठा पनि रहेको छ । अहिले कोरोनाबाट पाठ सिक्दै बिभिन्न प्रकोपजन्य रोगहरुको ब्यवस्थापनको अग्रिम तयारी गरिएको छ । यस्तै भुई तल्लामै साधारण अपरेशन कक्ष, आईसोलेसन, ड्युटिरुम र युटिलिटि रुम रहेको छ ।

पहिलो तल्लामा २ वटा अत्याधुनिक भेन्टिलेटर सुविधा सहितको ४ शैयाको आईसियु कक्ष, महिला र पुरुषहरुको लागी ५÷५ वटा अलग अलग शैया, प्रतिक्षा केन्द्र लगायत संरचना तयार भएको छ । भवन हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले बिभिन्न चन्दा आतंकबाट पिडित भएको गुनासो गर्ने ब्यवसायीलाई यस्तै दिगो प्रकृतिको सामाजिक कार्यमा लगानी गर्न आग्रह गरे । मूख्यमन्त्री पोखरेलले कोभिडले राज्यको स्वास्थ्य संस्थाहरुको अवश्था छताछुल्ल बनाई दिएको स्विकार गरे । अबको दिनमा स्वास्थ्य सेवाको सुधार गर्ने पर्ने आवश्यकता औल्याउदै उनले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालको रुपमा निर्माण गर्ने बताए । उनले ५० शैयाको लागी सबै भन्दा आवश्यक भौतिक पूर्वाधार नै रहेको हुदा यसैमा प्रदेश सरकारले जोड दिएको बताए ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले राज्यको पहिलो दायित्व नै नागरिकको अकाल मृत्युबाट हुन रोक्नु भएको बताए । तर कतिपय अवश्थामा राज्य नै कमजोर भई दिदा नागरिकहरुको पनि राज्यलाई सहयोग गर्ने दायित्व हुने उनले जिकिर गरे । भैरहवाबाट उदाएको यो प्रतिष्ठान यस्तो दायित्व पुरा गर्न अग्रसर हुनु खुशीको कुरा भएको उनले बताए । हस्तान्तरण कार्यक्रममा लिलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानका संरक्षक कुन्तीदेवी न्यौपाने, अध्यक्ष शोभाकर न्यौपाने, दुर्गा प्रसाद न्यौपाने, टिकाराम न्यौपाने लगायतको उपस्थिति रहेका थियो । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री दिपक बोहरा, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, कृष्ण न्यौपाने, सिद्धार्थनगर नगर पालिकाका मेयर हरि प्रसाद अधिकारी लगायतले बोलेका थिए ।

भीम अस्पतालले हाल ओपिडि सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा (खोप पोषण परिवार नियोजन), प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिदै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।