ताजा अपडेट »

प्रतिनिधिसभा बैठक मङ्गलबार सम्मका लागि स्थगित

सोमबार, २७ जेठ २०७६, १४ : ४२
2 Shares

जेठ २७, काठमाण्डौं । अपराह्न १२:५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो । संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने काँग्रेसको अडान थियो । सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक पटक बैठक चलाउन खोजे पनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो ।

निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मङ्गलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ । सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो । 

-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।