१० माघ २०७८, सोमबार

Jan 24, 2022

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न माग गरिएको छ ।

रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोना सङ्क्रमणको त्रासले नाका बन्द हुँदा ढुवानी गर्ने काम रोकिएर गाउँपालिकाले हवाईमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग गरेको हो । गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले भने, “गाउँपालिकाका लागि केरुङ नाका हुँदै पैदलमार्गबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवस्था गरेको चार हजार क्विन्टल खाद्यान्न नाका बन्द भएपछि ढुवानी हुन नसकेका कारण खाद्यान्न अब हवाईमार्गबाट ढुवानी गरेर समस्या समाधान गर्न माग गरेका छौँ ।” सो खाद्यान्न पैदलमार्गबाट तिब्बत हुँदै हिल्सादेखि याल्वाङसम्म ढुवानी गर्नका लागि सप्लायर्स पनि छनोट भइसकेको थियो । त्यो खाद्यान्न हालसम्म पनि ढुवानी हुनसकेको छैन । रु ४५ मा प्रतिकिलो खाद्यान्न ढुवानी गर्न सकिने भएपछि सो गाउँपालिकाका लागि लिमिटेडले खाद्यान्न उक्त मार्गबाट ढुवानी गर्ने गरेको थियो । उत्पादन कम हुने सो गाउँपालिकामा खाद्यान्न चीनको ताक्लाकोटमा निर्भर रहनुपर्नेमा कोरोनापछि हिल्सा नाका बन्द हुँदा कुनै पनि खाद्य सामग्री एक वर्षयतादेखि ढुवानी भएको छैन । ढुवानी बन्द हुँदा खाद्यान्न समस्या हुने अवस्था आएको बताइएको छ ।

केरुङबाट ढुवानी हुने अवस्था नरहेकाले गाउँपालिकाको कोटाको खाद्यान्न समयमै हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न गाउँपालिकाका अध्यक्ष लामाले लिमिटेडसँग माग गर्नुभएको हो । सो खाद्यान्न पैदलमार्गबाट ढुवानी हुनसक्ने अवस्था नभएपछि जिल्ला खाद्य व्यवस्था कार्यालयले समेत निर्णय गरेर हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न निर्णय गरेर केन्द्रमा पठाइसकेको लिमिटेडको हुम्ला शाखाका प्रमुख निर्मलकुमार थापाले बताए । लामो समयसम्म चार हजार क्वीन्टल खाद्यान्न आइ नपुगेछि नाम्खाका नागरिक खाद्यान्न भोकमारीको चपेटामा पर्न सक्ने बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे