१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आयोजना गरेको अन्तरपालिका मेयरकपको पहिलो दिन खेल हेर्न जानका लागि आज नगरले सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले आजदेखि सञ्चालन गर्न लागेको मेयरकप भलिबल खेलको पहिलो दिन सार्वजनिक बिदा दिएको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए । आजदेखि चैत १५ गतेसम्म अन्तरपालिकास्तरीय मेयर रनिङ कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले बताए । मेयरकपको पहिलो दिन उद्घाटन सत्रमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्यचौकी र नारपालिकाभित्रका सबै सामुदायिक विद्यालय बन्द हुने नगारपालिकाले एक सार्वजनिक सूचना प्रकाशन गर्दै जानकारी गराएको छ ।

संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्दै सामाजिक सद्भाव बढाउन र खेलकूद क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करण मेयर रनिङ कप भलिबको आयोजना गरिएको नगरप्रमुख प्याकुरेलले बताए । पर्यटन विकास र प्रवद्र्धनलाई खेलकूद क्षेत्रसँग जोड्ने अभियानको कार्यक्रममा चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख बद्रीकुमार कार्कीले बताए । मेयर कपमा सहभागी हुन ताप्लेजुङका नौ पालिकाले पालिकास्तरीय अध्यक्ष कप विजेताले मेयरकप प्रतियोगितामा भाग लिन पाउनेछ । यसअघि नै अध्यक्ष कप सञ्चालन भइसकेको छ । मेयर कपमा विजेताले रु दुई लाख २१ हजार १०० र रनिङ कप पाउनेछ । उपविजेता टोलीले रु एक लाख ११ हजार १०० र कप पाउनेछ भने सान्त्वनास्वरूप उत्कृष्ट दुई टोलीलाई जनही रु ३३ हजारसहित कप प्रदान गरिने छ । विभिन्न विधामा उत्कृष्ट सात खेलाडीलाई समेत नगद प्रदान गर्ने नगरपालिकाले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रदेश एकमा अन्तर्घात गर्नेहरुलाई एमालेले कारबाही गर्ने अछामको जनसंख्या साढे २८ हजारले घट्यो अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते