ताजा अपडेट »

सञ्चारकर्मी ढकालको हत्यामा सम्लग्न पक्राउ

शनिबार, ०५ माघ २०७५, १७ : १९
4 Shares

माघ ५,

मकवानपुर । सञ्चारकर्मी मनोहर ढकालको हत्यामा सम्लग्नलाई प्रहरीले पक्राउ  गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन मार्फत् आज सम्लग्न दुई जनालाई सार्वजनिक गरेको हो ।

उनको पुस २५ गते भैरवडाँडाको जंगलमा हत्या भएको थियो । हत्यामा हेटौंडा–११ का १९ वर्षका अनमोल पुडासैनी र मनहरी–१ बस्ने वर्ष १८ को प्रविण वाइवा रहेको प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।सामान्य विवादभएपछि ढकालको औठी, मोबाइल र झोला देखेर हत्या गरेको उनिहरुले स्विकार गरेको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए ।

यसैगरी प्रहरीले हत्यामा सम्लग्नसँग ढकालको मोबाइल र औठी खरिद गर्ने दुई जनालाई पनि पक्राउ गरेर सार्वजनिक गरेको छ । मोबाइल खरिद गर्ने भीमफेदी गाउँपालिका–६ का दिनेश थापा मगर र औठी खरिद गर्ने हेटौंडा–२ का नारायणबहादुर सुनार रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।