ताजा अपडेट »

कोरोनाको असर आन्तरिक राजस्वतर्फ : ९ अर्ब ७२ करोडले घट्यो राजस्व संकलन

आइतबार, २३ फागुन २०७७, ०७ : ५४
2 Shares

काठमाडौं  । कोभिड–१९ को असर स्वरूप गतवर्षको तुलनामा चालू वर्षको ७ महीनाको अवधिमा आन्तरिक राजस्व विभागमातहतको राजस्व संकलन घटेको छ ।
 
चालू आर्थिक वर्ष (आव)को पहिलो ७ महीनामा आन्तरिक राजस्वतर्फ २ खर्ब २४ अर्ब रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्ष यही अवधिमा विभागले २ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । राजस्व संकलन गतवर्षको समीक्षा अवधिको तुलनामा ९ अर्ब ७२ करोडले घटेको देखिन्छ ।

यद्यपि चालू वर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा सरकारले आयकर, मूल्य अभिवृद्धिकरमार्फत ठूलो राजस्व उठाउन सकेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार यस अवधिमा मुख्यतः १ खर्ब १२ अर्ब ४३ करोड रुपैयाँ आयकरबाटै राजस्व संकलन भएको छ भने, ६५ अर्ब १२ करोड रुपैयाँ मूल्य अभिवृद्धि करबाट राजस्व उठेको छ । त्यस्तै, ४३ अर्ब ५८ करोड रुपैयाँ अन्तःशुल्कबाट राजस्व संकलन भएको छ भने शिक्षा सेवा शुल्क तथा अन्यतर्फ २ अर्ब ८८ करोड रुपैयाँ संकलन भएको छ । कोभिड–१९ का कारण राजस्व संकलनको लक्ष्यमा प्रभाव परेको विभागका अधिकारीहरूको भनाइ छ । ‘असुली न्यून हुनुको कारण कोभिडले अर्थतन्त्रमा पारेको संकुचन तथा आर्थिक कारोबारमा परेको नकारात्मक प्रभाव नै हो,’ विभाग महानिर्देशक झक्कप्रसाद आचार्य भन्छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।