ताजा अपडेट »

नेपाल ब्रिअरी कम्पनी हाताभित्र आगलागी

शनिबार, २२ फागुन २०७७, ११ : ००
2 Shares

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल ब्रिअरी कम्पनी प्रालि वियर उद्योग हाताभित्र शुक्रबार आगलागी भएको छ

उद्योग परिसरको पछाडिको खाली जग्गा भागमा रहेका विभिन्न पुराना मालसमान आगलागीबाट क्षति भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए । आगलागीका नियन्त्रणका लागि दुई वटा दमकल प्रयोग गरिएको थियो । क्षतिको विवरण आउन वाकी छ । आगलागीबाट ठुलो क्षति भएको जनाइएको छ ।

रासस
लेखकको बारेमा
रासस