ताजा अपडेट »

बुटवलमा आधुनिक प्रकारको श्रृगार गृह संचालन

शनिबार, २६ फागुन २०८०, १९ : ४५
52 Shares

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ९ स्थित कालिकानगरमा आधुनिक प्रकारको श्रृगार गृह (एसएच ब्युटी स्यालोेन) संचालनमा आएको छ । उक्त श्रृगार गृहको शनिबार सुभारम्भ गरिएको छ ।

श्रृगारका विभिन्न विधामा सेवा दिने गरी श्रृगार गृह संचालनमा आएको हो । एसएच ब्युटी स्यालोनमा स्कीन, नेल्स, मेकअप तथा हेयर केयर लगायतको श्रृगार तथा श्रृगारका समान समेत बिक्री हुने संचालक सुुनिता थापाले जानकारी दिइन् ।

सुनिता थापाका अनुसार करिव ३५ लाख लगानीमा खुलेको यस ब्युटी स्यालोनमा महिला तथा पुरुषले सेवा लिन सक्नेछन् । त्यसका लागि दुई पुुरुष र चार महिलाप्रशिक्षक रहेका छन् । स्यालोनमा विभिन्न उत्पादन कम्पनीका कस्मेटिक सामानहरु बिक्री बितरण समेत गरिने छ । स्यालोनमा श्रृगार सम्बन्धी विविध विधामा तालिम समेत प्रदान गरिने अर्का संचालक सोेनु थापाले उल्लेख गरे । 

योग्ग जनशक्ति उत्पादन गर्ने गरी तालिमा संचालन गरिने उनले बताए । स्यालोनमा आधुनिक प्रकारका कस्मेटिक सामग्री उपलब्ध गराइने थापाले बताए । श्रृगारका सामानसहित दुलही, दुलाहाको मेकअप तथा गाडी सजावट समेत गरिने सोनु थापाले जानकारी दिए । श्रृगारका आधुनिक प्रविधिबाट सेवा दिइने उनको भनाई छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।