ताजा अपडेट »

शहीद स्मारक ‘बी’ डिभिजन लिग स् खुमलटार र ब्वाइज युनियन विजयी

सोमबार, १७ फागुन २०७७, ११ : ४०
2 Shares

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आईतबार भएका खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब आआफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो । खुमलटारका लागि महेश राईले निर्णायक गोल गरेका हून् । उनले खेलको तेस्रो मिनेटमा नै गोल गरे।

जितसँगै खुमलटारले आठ खेलमा १९ अङ्क जोडेको छ । खुमलटारले शीर्ष स्थानमा रहेको सातदोबाटोसँग बराबरी गरेको छ । यस्तै आठ खेलमा ६ अङ्क जोडेको झम्सिखेल लिगको दशौँ स्थानमा छ । लिगको आईतबार भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित ग¥यो । एन्फा कम्प्लेक्सको मैदानमा भएको उक्त खेलमा ब्वाइजका लागि मिलन लिम्बूले ह्याटिक गरे ।

उनले खेलको २१औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै पहिलो हाफको इन्जुरी समयमा उहाँले दोस्रो गोल गरे भने खेलको ५७औँ मिनेटमा तेस्रो गोल गरे ।नयाँबस्तीका खेलाडीले गोल फर्काउन सकेनन् । जितसँगै ब्वाइजले आठ खेलमा १४ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा उक्लेको छ । यस्तै नयाँबस्ती आठ खेलमा ११ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा छ ।

रासस
लेखकको बारेमा
रासस