ताजा अपडेट »

नेपाल अति कम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस

शनिबार, १५ फागुन २०७७, १४ : २७
6 Shares

काठमाडौँ । नेपाल कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस भएको छ। 

संयुक्त राष्ट्रसंघको विकास नीति समिति (कमिटी फर डेभलपमेन्ट पोलीसी– सीडीपी)ले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको हो । यसअनुसार नेपालको स्तरोन्नति सन् २०२६ बाट लागू हुनेछ।

सामान्यतः यस्तो संक्रमणकालीन अर्थात् तयारी अवधि अधिकतम तीन वर्षका लागि हुन्छ । तर कोभिड–१९ महामारीका कारण नेपाल सरकारको अनुरोधमा यो तयारी अवधिलाई पाँच वर्ष बनाइएको सीडीपीले उल्लेख गरेको छ ।  प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो । 

नेपालले सन् २०१५ मा नै स्तरोन्नतिको लागि आवश्यक न्यूनतम शर्त पुरा गरेको थियो। तर महा विनाशकारी भूकम्पको असरका कारण स्तरोन्नति हुने समय केही वर्ष पछाडि सारिएको थियो ।  

अब सीडीपीको यो सिफारिस राष्ट्रसंघकै आर्थिक तथा सामाजिक परिषद्ले अनुमोदन गर्नुपर्छ। यसवर्ष हुने संयुक्त राष्ट्रसंघको महासभाले स्तरोन्नति हुने विषयलाई जानकारीमा लिनुपर्छ । सीडीपीले नेपालसँगै लाओस् र बंगलादेशलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिश गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।