२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रही फरार रहँदै आएका विभिन्न मुद्दाका गरी झण्डै १६३ वर्ष कैद असुली भएको जनाएको छ ।

Advertisement

साउन महिनादेखि हालसम्म प्रहरीद्वारा पक्राउ परेका ३४७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कूल १६२ वर्ष ११ महिना २८ दिन कैद असुली गरेको हो । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २५७ पुरुष र ९० महिला रहेका छन् । पक्राउ परेकामध्येबाट जरिवाना तिर्न बाँकी रहेको रु ५६ लाख १७ हजार ११५ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

अवैधानिकरुपमा नदीजन्य उत्खनन गर्ने ९४ वटा सवारी साधनलाई पक्राउ गरी सम्बन्धित पालिकामा पठाउँदा रु एघार लाख ३७ हजार जरिवाना तिरेका छन् । जबर्जस्ती करणी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका २४० मुद्दा दर्ता भएका छन् । उनले भने, “लागुऔषधसम्बन्धी २१ मुद्दा दर्ता भएकोमा ३८ पुरुष तीन महिला गरी ४१ पक्राउ परेका छन् ।”

जिल्लाको विभिन्न क्षेत्रबाट गरी ४४।४५ ग्राम गाँजा र डाइजोपाम, फेनरागन र नुफिन गरी कूल एक हजार ९९० एम्पुल बरामद गरिएको उनले बताए । चाडपर्व र अन्य समयमा जुवातास खेलिरहेको अवस्थामा ११० जुवाडे पक्राउ गर्दा जुवा खालबाट रु बाह्र लाख ५८ हजार १९० बरामद गरेको छ । मोबाइल चोरीपश्चात् खोजतसालको लागि प्रहरीमा निवेदन दिएकामध्ये ४१ जना सम्बन्धित व्यक्तिलाई मोबाइल फेला पारी हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जघन्य अपराध घटनाका ९५ प्रतिशत कानूनी कठघरामा ल्याइएको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । घटनापश्चात् केही अपराधी छिमेकी राष्ट्रमा लुकीछिपी बसेका कारणले नेपाल ल्याउन समस्या भएको उनले जानकारी दिए । दुर्घटना न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसारपसारमा न्यूनीकरण, राजस्व चुहावट गरी चोरी गर्ने कार्यलाई निरुत्साहित गर्ने योजनासहित कामको थालनी गरिएको उनले बताए ।

त्यसैगरी २७ रोपनी क्षेत्रफलमा लगाइएको तीन हजार ७०० गाँजाका बोट फँडानी गरी नष्ट गरिएको छ । अवैधानिकरुपमा चोरी निकासी भएका ६०५ क्युफिट काठ बरामद भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा