ताजा अपडेट »

होटल व्यवसायीको आगामी नेतृत्वका लागि राजनीतिक रुपमै प्यानल

विहीबार, १३ फागुन २०७७, १६ : ४६
8 Shares

बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका आगामी नेतृत्वका राजनीतिक रुपमा नै प्रतिष्पर्धा हुने भएको छ । संघको यही फागनु १६ र १७ गते हुने २० औं वार्षिक साधराण सभा तथा १० औ अधिवेशनका लागि राजनैतिक रुपमा नै गठबन्धन तयार पारी चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले नेपाली कांग्रेस, जनमोर्चा लगाएतका राजनीतिक दलहरुसँग मिलेर चुनावी प्यानल तयार पारेको छ । यसैगरी नेकपाको ओली समूहले आफ्नौ एकलौटी प्यानल तयार पारी आगामी नेतृत्वका लागि निर्वाचनमा जाने भएको छ । दुबै पक्षले आगामी नेतृत्वका लागि प्यानलसहितको उम्मेद्वारी घोषणा गरेका छन् । यसैबीच नेकपा दाहाल–नेपाल समुह र नेपाली कांग्रेस, जनमोर्चा, जनता समाजवादी पार्टी लगायतका दल समर्थक बीचको संयुक्त प्यानलले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी उमेद्वारी घोषणा गरेको छ । सम्मेलनमा नेकपा दाहाल-नेपाल समुहका रुपन्देही अध्यक्ष राजु गुरुङ, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेय, जनता समाजवादी पार्टीका नेता यज्ञ पोखरेल तथा अन्य नेताहरु हरी घिमिरे, चिरञ्जीबी पौडेल, तानबहादुर केसी लगायतका नेताहरुको ठूलो उपस्थितीमा उमेद्वारी घोषणा गरिएको थियो ।

अध्यक्षका प्रत्यासी श्रेष्ठ संघमा २ कार्याकाल सदस्यहुँदै एक कार्याकाल द्वितृय उपाध्यक्ष, प्रथम उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष भएका व्यक्ति हुन् । संयुक्त प्यानलले संघका वर्तमान वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठको नेतृत्वमा वरिष्ठ उपाध्यमा लाबहादुर केसी, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितीय उउपाध्यक्षमा चिरन्जीवी पोख्रेल(बाबुराम) तथा महासचिवमा प्रेम बञ्जाडे रहने गरी उम्मेद्वारी घोषणा गरेको छ । यसैगरी सचिवमा अर्जुन थापा, कोषध्यक्ष चुत्रबहादुर पौडेल र सह कोषाध्यक्ष खेमराज पोख्रेल रहने गरी अन्य ११ जना सदस्यसहित उम्मेद्वारी घोषणा भएको हो । यो प्यानललाई संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश होटवल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठको समेत समर्थन रहेको छ ।

संघको वर्तमान अध्यक्ष समुन्द्र जि.सी.को समर्थन रहेको नेकपा ओली समूहको प्यानलका लागि रामप्रसाद गौतमको नेतृत्वमा यस अघि नै उमेद्वारी घोषणा भएको छ । यो प्यानल अन्तरगत वरिष्ठ उपाध्यक्षका लागि बाबुराम गौतम, प्रथम उपाध्यक्ष मोहन पाण्डे, महासचिव माधव खनाल, सचिव अर्जुन थापा, कोषाध्यक्ष टंक पराजुली तथा सह कोषाध्यक्ष देबु ढकाल रहने गरी चुनावी प्यानल घोषणा भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।