ताजा अपडेट »

राजनीतिक अस्थिरताको जिम्मेवार ओली : मोहन बिक्रम

विहीबार, १३ फागुन २०७७, १२ : १४
2 Shares

बुटवल । नेकपा मसालका महामन्त्री मोहन बिक्रमले प्रतिनिधिसभा पुनःस्थापना भएपनि मुलुकमा राजनीतिक अस्थिरता बढ्ने बताए । र सोको जिम्मेवार स्वयं वर्तमान प्रधानमन्त्री केपी ओली रहेको उनले बताए । उनले भने ‘सांसद पुनःस्थापना भएसंगै संविधान थप बलियो भएको छ । तर, राजनीतिक अस्थिरता भने बढेको छ ।’

यसको जिम्मेवार स्वयं प्रधानमन्त्री ओली हुन् । यससँगै देशीविदेशी शक्तिको चहलपहल बढ्ने संकेत देखियको छ । प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीको आयोजनामा बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकमा स्थिर सरकारको आवश्यकता रहेको र त्यसको लागि राजनीतिक अस्थिरता हटाउनु पर्ने बताए । राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय, बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रम प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र कोषाध्यक्ष बिरेन्द्र कुवरको संचालनमा भएको थियोे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।