७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरका वडा कार्यालयको भवन निर्माणको कामलाई तीव्रता दिएको छ । नगरपालिकाका सबै वडामा पक्की भवन निर्माण गर्ने अभियानअनुसार अहिले सबै वडामा भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको हो ।

Advertisement

नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले वडा नं ७ को कार्यालय भवनको शिलान्यास गरेपछि अब नगरको सबै वडाको कार्यालय भवन निर्माणको कामले तीव्रता पाएको छ । यसअघि उनले वडा नं ८ र ९ को कार्यालय भवन शिलान्यास गरेका थिए । अहिले नगरपालिकाका वडा नं ७, ८, ९ र १० को कार्यालय भवन निर्माणको काम भइरहेको छ । त्यस्तै वडा नं २ को भवन निर्माणका लागि पनि प्रक्रिया अगाडि बढाइसकेको नगरपालिकाले जनाएको छ । नगर प्रमुख तिमल्सिनाका अनुसार वडा नं २ को कार्यालय निर्माण यसै साता शुरु हुनेछ ।

वडा नं २ को भवन निर्माणका लागि सिद्धिविनायक निर्माण सेवासँग रु ४० लाख ८७ हजार ६८५ मा ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनीयर उज्ज्वल अर्यालले जानकारी दिए । वडा नं १ र ५ को भवन निर्माणको लागि प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख तिमल्सिनाको भनाइ छ । उनका अनुसार नगरका ११ वटाका वडा कार्यालय एउटै डिजाइनमा निर्माण हुनेछ । यसअघि निर्माण थालिएका वडा नं ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण सम्पन्न भइसकेको जनाइएको छ । नगरप्रमुख तिमल्सिनाले ऐतिहासिक क्षेत्र दाप्चाको संरक्षण, सडक स्तरोन्नति र कालोपत्र गर्ने काम जनप्रतिनिधि आएपछि शुरु भएको र यसले दाप्चा क्षेत्रको मुहार परिवर्तनमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरेका छन् ।

महिलालाई सीप विकास तालीम

नगरपालिकाका विभिन्न वडाका गरी ३० महिलाले व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि छ दिने सीप विकास तालीम लिएका छन् । यही फागुन ६ गतेदेखि नमोबुद्ध–११ मा रहेको एकल महिला भवनमा सञ्चालन गरिएको तालीममा नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा संलग्न महिलाको सहभागिता रहेको थियो । तालीममा लप्सीबाट बनाइने परिकारलगायत पाँच प्रकारका परिकारको प्रदर्शनीसमेत गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले