ताजा अपडेट »

सबै नागरिकलाई निःशुल्क कोभिड विरुद्धको खोप : स्वास्थ्यमन्त्री

आइतबार, ०९ फागुन २०७७, १९ : ०७
2 Shares

परासी । स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले सबै जनतालाई कोभिड विरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोप लगाउने कार्य जारी रहेको बताउँदै उनले सबै नागरिकलाई यसैगरी निःशुल्क रुपमा खोप उपलब्ध गराउने जानकारी गराए ।

सरकारले सबै पालिकाहरुमा आधारभुत अस्पतालको पुर्णता दिने गरी काम अघि बढेको बताउँदै स्वास्थ्य कर्मचारीहरुको समुचित समायोजन गरि उनिहरुलाई हौसला प्रदान गरिने समेत उल्लेख गरे । पश्चिम नवलपरासीको बर्दघाट-९ भुताहामा अवस्थित पञ्चनगर स्वास्थ्य चौकीको आइतबार शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । यसैगरी यहि फाल्गुन २३ गतेदेखी ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई नयाँ चरणको खोप दिइने जानकारी गराउँदै सो समूहका सम्पूर्ण नागरिकलाई सेवा लिन आग्रह गरे ।

फरक प्रसङ्गमा मन्त्री त्रिपाठीले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्चलाई भएको बताउँदै संसद विघट बारेका बहसमा उसको निर्णय पर्खिन आग्रह गरेका छन् । संसद विघटन संवैधानिक वा असंवैधानिक बन्ने बारे सार्वोच्चमा विचाराधिन भएको अवस्थामा बाहिर बहस गर्न आवश्यन नरहेको उनले बताए । अहिलेको राजनीति रोचक मोडमा पुगेको बताउँदै उनले आरुको आलोचना गरी आफू ठूलो हुने प्रचलन मौलाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । लामो समय राजनीति गर्न चाहानेहरुले ईमान्दारीपूर्वक जनताप्रति जवाफदेही हुनु पर्ने उनले बताए ।

राष्टिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यलय ईकाई भरतपुरको सहयोगमा स्वास्थ्यचौकीको भवन बन्ने भएको हो । ३ करोड ३० लाख ५५ हजारको लगानीमा १५ महिना भित्र निर्माण कार्य सम्पन्न हुने गरी किरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनि प्रा.ली काठमाण्डौले निर्माणको जिम्मा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।