February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

सेरेना विलियम्स अस्ट्रेलियन ओपनबाट बाहिर

327

मेलबोर्न। मेलबोर्न अस्ट्रेलियन ओपन टेनिसको महिला एकलतर्फ बिहीबार सम्पन्न सेमिफाइनल खेलमा नाओमी ओसाकाले सेरेना विलियम्सलाई पराजित गरेकी छिन् । चौबीसौं ग्रान्डस्लामको खोजीमा रहेकी सेरेना रड लाभर एरेनामा ६–३, ६–४ को सोझो सेटमा पराजित भएकी थिइन् ।

अब फाइनलमा ओसाकाले अमेरिकी जेनिफर ब्राडी वा चेक गणतन्त्रकी कारोलिना मुचोभामध्ये एकसँग शनिबार खेल्नेछिन् । ओसाकाको यो चौथो ग्रान्डस्लाम उपाधिका लागि भिडन्त हुनेछ ।

चार वर्षअघि गर्भवती रहेकै बेला विलियम्सले एउटा ग्रान्डस्लाम जितेकी थिइन् । त्यसयता उनी सन् २०१८ मा युएस ओपनमा ओसाकासँगै विवादास्पद फाइनलमा पराजित भएकी थिइन् ।

जितपछि संक्षिप्त प्रतिक्रिया दिँदै ओसाकाले आफूले शुरुमा केही गल्ती गरेको र आफू साँच्चिकै अत्तालिएको र डराएको बताए ।

पछिल्लो अपडेट