२५ श्रावण २०७९, बुधबार

Aug 10, 2022

बुटवल । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल बुटवल शाखाले कोरोना संक्रमणबाट मृत्यु भएका बिमीतका परिवारलाई जीवन बिमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ ढवाहा निबासी स्वर्गीय ज्ञानुराज बलको परिवारलाई सोमबार बीमा दावी बापत ३ लाख ८४ हजार ३६४ रुपियाँ बिमा दावी हस्तान्तरण गरिएको हो । सोमबार एक कार्यक्रमका बीच एलआइसी नेपालका बुटवल शाखा प्रवन्धक गिरिराज घिमिरे, एजेन्सी म्यानेजर यमबहादुर राना र उनका अभिकर्ता कल्पना बस्नेतले बीमा दावीबापतको रकम स्वर्गीय ज्ञानुराजकी श्रीमती हिरा पेग्नीलाई हस्तान्तरण गरेका हुन् ।

मृतक ज्ञानुराजले तीन वर्षअघि ३ लाख रुपियाँको जीवन आनन्द बीमा गरेका थिए । रकम हस्तान्तरण गर्दै एलआइसी नेपालका बुटवल शाखा प्रमुख गिरिराज घिमिरेले आफुहरुले प्रदान गरेको उक्त रकमले मृतकको परिवारको घाउमा मलमको काम गर्ने बताए ।

एजेन्सी म्यानेजर यमबहादुर रानामगरले आवश्यक कागजात पूरा गरेको मृत्यु भएको दुई महिनामा दावी रकम हस्तान्तरण गरेको भन्दै कम्पनीको विश्वसनीयताबारे आफ्नो धारणा राखेका थिए । बीमित ज्ञानुराज बलको कोरोना संक्रमणका कारण उपचारको क्रममा गत मंसिर २० गते काठमाडौंमा निधन भएको थियो । बीमा रकम बुझेपछि ज्ञानुराजकी पत्नी हिराले संकटको बेला बीमा बापत पाएको रकमले ठूलो राहत पुगेको बताइन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चीनमा देखियो जनाबरबाट मानिसमा सर्ने नयाँ भाइरस लुम्बिनीमा दुई स्थानसहित सबै प्रदेशबाट स्मार्ट लाइसेन्स छपाइको तयारी आज र भोलि देशका केही स्थानमा हुन सक्छ भारी वर्षा नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै नेपालले केन्यासंग टी २० र एकदिवसीय शृंखला खेल्ने मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ मतदाता नामावलीमा दाबी बिरोधका लागि भदौ १२ देखि १९ गतेसम्मको अवधि बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती लामो समयदेखि प्रयोगविहिन लुम्बिनीका विद्युतीय गाडी दशैं अघिनै सञ्चालनमा आउने प्रहरी प्रशासनकै आडमा तस्करी : दिनभरि भण्डारण, रातभरि ढुवानी चौराहा–गोलपार्क सडकः निर्माणमा देखिएका अड्चन हटाउने निर्णय लुम्बिनी साँस्कृतिकमा मिलेन विवाद : भद्रगोल कार्यालय, मर्कामा सेवाग्राही बुटवलमा जग्गा नापजाँचको काम शुरु सदभावको प्रतिक मोर्हरम पर्व, धुमधामका साथ मनाईयो थप १०९० जनामा कोरोना संक्रमण पुष्टि रुपन्देहीमा लगातार ३ पटक जितेका विष्णु पौडेललाई यसपटक कति चूनौती ? डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा, २० लाख ४८ हजार बिगो दाबी ठेकेदारले ९ करोड बुझे, सडक निर्माण अलपत्र फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध : बालेन साह जिल्ला विकास समितिका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा