ताजा अपडेट »

पक्राउ गर्न भन्दै प्रहरी झाँक्रीको निवासमा, पक्राउको विरोधमा नाराबाजी

विहीबार, २९ माघ २०७७, १२ : ३४
4 Shares

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । प्रचण्ड–माधव समूहका कार्यकर्ताहरु भने झाँक्रीको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् ।

प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली, आरती लामालगायत रामकुमारीको निवास शंखमुलमा भेला भएर सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय प्रहरी महाशाखाको टोली झाँक्रीलाई पक्राउ गर्न गएको छ । झाँक्रीले आफूलाई पक्राउ गर्न पूर्जी ल्याउन प्रहरीलाई आग्रह गरेकी छिन्‌।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।