ताजा अपडेट »

लाफाको ब्याडमिन्टन तयारी पूरा, भोलिदेखि प्रतियोगिता

विहीबार, २२ माघ २०७७, १६ : १७
30 Shares

बुटवल । लाफा समूह बुटवलको आयोजनामा हुने तेस्रो लाफा राट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता-२०७७ को तयारी पूरा भएको छ । खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समुहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजित प्रतियोगिता भोलि शुक्रबारदेखि दुई दिनसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, कास्की, दाङ्ग, बाकें, कैलाली, बाग्लुङ्ग, गुल्मी, पाल्पा, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी भएको कार्यक्रम संयोजक पुरन गाहाले जानकारी दिए । प्रतियोगितामा यस वर्ष ८० टिमको सहभागीता रहेको संयोजक गाहाले बताए । खुलातर्फ ५८ तथा भेट्रान्स तर्फ २८ बढी टिमको सहभागीता रहने बताइएको छ । प्रतियोगितामा खुल्ला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका संयोजक ज्ञानु सारुले जानकारी दिए । भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समुहका अध्यक्ष तारा सिंह रेस्मीले बताए । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुबेदीले प्रतियोगिताको उद्घाटन गर्ने समुहका संरक्षक बासुदेव लामिछानेले बताए ।
गतवर्ष खूला ७८ र भेट्रान्सतर्फ ३५ समुहको सहभागी रहेका थिए । यस्तै यसवर्ष पुरस्कार राखी पनि वृद्धि गरिएको छ । विस २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ । प्रतियोगिता आयोजनामा १६ लाख खर्च हुने अनुमान रहेको लामिछानेले बताए ।

वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको हो । समूहले ब्याडमिन्टन कवर्ड हल भाडामा लिएर ट्रेनिङ्ग सेन्टर संचालन गर्ने योजना बनाएको छ । पटक पटक पनि स्थानीय तहसगँ हल निमार्णको लागि जग्गा उपलब्ध गराउन आग्रह गरेपनि जग्गा नपाउदाँ व्यतिmको जग्गा लिजमा लिएर चलाउनु पर्ने बाध्यता रहेको समुहका पूर्व अध्यक्ष केशब रानाले गूनासो गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।