ताजा अपडेट »

रुपन्देहीमा सुआराको वार्षिक स्वास्थ्य समिक्षा

सोमबार, १२ माघ २०७७, २२ : ३९
4 Shares

बुटवल । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा गुणस्तर तथा सिकाई समीक्षा भएको छ । भैरहवामा भएको समीक्षा कार्यक्रममा जिल्लाका ४ पालिकामा लागू भएका स्वास्थ्य संस्थामा गुणस्तर कार्यक्रमको वार्षिक समीक्षा भएको हो ।

समिक्षामा कुपोषित बच्चाको पहिचान, उपचार, कविचमा उपचार छोडेर गएकाको अवस्थाका विषयमा छलफल भएको थियो । साथै कोभिड-१९ को अवस्थाले पोषण र कुपोेषित बच्चाको उपचार गर्न तथा नयाँ केश पत्तालगाउन असर गरेका विषयमा छलफल भएको थियो । समीक्षामा आगामी दिनका कार्ययोजनाको बारेमा समेत छलफल भएको छ ।

कार्यक्रमको सहजिकरण सुअहारा काठण्डौबाट मनिसा लक्ष्मि श्रेष्ठ, प्रदेश संयोजक भरत शर्मा प्रसाइ लगाएतले गरेका थिए । रुपन्देही स्वास्थ्य कार्यलय प्रमुख डा. राजेन्द्र गिरिको अध्यक्षता तथा पोषण फोकल पर्सन टिकाराम अधिकारीले सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै पोषण सम्पर्क व्यक्ति टिकाराम अधिकारीले सुअहारालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा एक दर्जन सहदस्यहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।