४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

बलेवा । बरेङ गाउँपालिका-२ हुग्दीशिरकी कमला शर्मा बिहान १०ः०० नबज्दै कुटो कोदालो समातेर काममा निस्किन्छन् । एक महिनादेखि उनको काम स्थानीय सडकका नाली खन्ने, जाली भर्ने र ढुङ्गा बोक्ने हो । गाउँपालिकाले बेरोजगारको सूचीमा राखेर उनलाई एक महिनायताको कामले निकै राहत दिएको छ ।

Advertisement

उनका श्रीमान् पिताम्बर शर्मा धेरै काम गर्न सक्दैनन् । पहिले पहिले गुल्मीको चोकाटे र शान्तिपुरबाट भारी बोकेर परिवार पालेका पिताम्बरको रोजगारी गाउँगाउँमा पुगेका सडकले खोसिदियो । भारी बोक्ने कामसमेत खोसिएपछि अर्कैको घरमा गोठालो, खेतालो गरेर छाक टार्दै आएको शर्मा परिवारमा यतिबेला गाउँपालिकाले दिएको रोजगारीले घर चलाउने आधार बनेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शर्मा परिवारले एक सय दिनका लागि रोजगारी पाएको छ । गाउँपालिकाले तोकेको ठाउँमा काम गरेर हुने आम्दानीले एक वर्षको परिवार खर्च चलाउने योजना कमलाको परिवारको छ । कमलाले १०० दिन काम गरेर वृद्ध श्रीमान् र चार छोराछोरीको खर्च चलाउने योजना बनाएका छन् ।

वडा नं १ धुल्लु बाँस्कोटका नवीन आचार्य पनि त्यही काममा छन् । दुई वर्षअघि कतार पुगेर र्फर्केका आचार्यको दैनिकी जङ्गलमा गाईभैँंसी चराउने थियो । एक महिनादेखि नियमित काममा जान थालेपछि उनको दैनिकी फेरिएको छ । “धेरै थोरै काम पाइएको छ, आम्दानी पनि हुने नै भयो”, उनले भने “सामान्य घरखर्च चलाउने भए पनि आम्दानी गर्छु ।” घाम तापेर दिन फाल्नुभन्दा सडकको मर्मत गर्ने काम भए पनि पाएकामा उनी खुशी छन् ।

आचार्य र शर्मा जस्तै बरेङमा रोजगारी पाएका धेरैको जीवनमा परिवर्तन आएको छ । यहाँ घरायसी काम तथा खेताला लाग्दा आउने दैनिकी धेरै कम छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले उनीहरुलाई राहत दिएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाले पहिलो चरणमा बेरोजगारलाई मर्मत सम्भारको काममा लगाएको छ । उनीहरुलाई न्यूनतम रोजगारी सुनिश्चित गर्न एवं सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउन उक्त कार्यक्रमले सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

सिँचाइ कुलो, पदमार्ग, सडक नाली तथा तारजाली खेलकूद मैदान, विद्यालय पर्खाल निर्माण, सार्वजनिक शौचालय, चौतारी निर्माण, खानेपानी, पोखरी मर्मतजस्ता काममा बेरोजगारीको सूचीमा रहेकाले काम गरिरहेको रोजगार सेवा केन्द्र प्रमुख केशवराज क्षेत्री बताउछन् । बरेङका पाँच वडामा एक हजार ३५४ सूचीकृत बेरोजगार छन् । उनीहरुमध्ये पहिलो चरणमा १०० जनाले काम पाएका छन् । दुई सय जना बढीले अर्को चरणमा काम पाउने क्षेत्रीले बताए ।

गाउँपालिकाले पाँच वडामा १६ योजना छनोट गरेर काम गरिरहेको छ । निर्माण सामग्री नपाइने र ज्यालाका लागि मात्र भनेर पहिलो चरणमा बरेङलाई रु ५१ लाख ७० हजार र दोस्रो चरणमा रु एक करोड २० लाख सःर्शत अनुदान रकम निकासा प्राप्त भएको छ । सोही रकमबाट कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर