४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

परासी । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले मुुलुकलाई सही ढंगले अघि बढाउन ईन्जिनियरहरुको ठूलो भूमिका हुने बताएका छन् । नेकपा निकट प्रोग्रेसिभ ईन्जियिरिङ्ग एसोयिसशन नेपाल (पीन) पश्चिम नवलपरासीको जिल्ला कमिटी घोषणा समारोहलाई आज (शुक्रबार) सुनवलमा सम्बोधन गर्दै मन्त्री गिरीले ईन्जिनियरले जागिर खाने मात्रै नभई मुलुकलाई सही ढंगले विकास गर्न योगदान गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय गौरव तथा ठूला–ठूला आयोजनाहरु निर्माण गर्न विदेशबाट दक्ष जनशक्ति ल्याउनुपर्ने तथा ठेक्का लिएर वर्षाैैँसम्म अधुरै रहने समस्यालाई ईन्जिनिरयरहरुले समाधानको भूमिका खेल्नुपर्ने उनको भनाई थियो । नेकपाका केन्द्रिय सदस्य समेत रहेका मन्त्री गिरीले अर्काे प्रसंगमा दुई तिहाई प्राप्त सरकारलाई काम गर्न नदिईएपछि जनतामा जानुको विकल्प नभएको जिकिर गरे । उनले मुलुकको स्थायीत्वका लागि अदालतले उचित निर्णय लिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका राम्रा काम र लोकप्रियता देखेर पार्टी भित्रैबाटै षडयन्त्र रचिएको आरोप लगाए । कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपानेले मुलुकको समृद्धि र स्थिरताको लागि यूवाको काँधमा जिम्मेवारी आएको बताए । प्राविधिक जनशक्ति उत्पादन धेरै गर्ने देश छिटो समृद्ध हुने भएकोले प्राविधिक जनशक्तिको ठूलो भूमिका रहेको उल्लेख गरे ।

पीन लुम्बिनी प्रदेश अध्यक्ष जीवन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी केन्द्रिय सदस्य विमला अर्याल, प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारी, पीनका केन्द्रिय सदस्य एवं प्रदेश ईन्चार्ज दुजेन्द्र बस्नेत, रुपन्देही अध्यक्ष सुजित भण्डारी, प्रदेश सचिवालय सदस्यहरु दीपक भट्टराई, विक्रम पौडेल लगायतले शुभकामना व्यक्त गरे । भेलाले राजु ढकाल अध्यक्ष रहने गरी २१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तुलसीपुर उपमहानगरः एमाले २४ मतले अगाडि ढिलै भए पनि एमालेले विवेकले काम गर्योः नारायणकाजी श्रेष्ठ बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर