ताजा अपडेट »

दाङमा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला

बुधबार, ०७ माघ २०७७, १२ : १०
14 Shares

दाङ । दाङमा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन् । पूर्व–पश्चिम राजमार्ग देखि पचास मिटर उत्तर रहेको लमही नगरपालिका–५ अजम्मरी सामुदायिक वन भित्र बुधबार बिहान नुवाकोटका २९ वर्षीय रमेश लामा तामाङ झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।

उनी लमहीको एभरेस्ट प्लाजा होटलमा बाँस बसेको र विहान साढे ८ बजे होटलका साहुलाई केही समय लागि भन्दै बाहिर निस्किएका थिए । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आएको थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।