२१ असार २०७९, मंगलवार

Jul 5, 2022

काठमाडौँ । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसामु २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गर्दै गण्डकीले ४२ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २०४ रन बनायो ।

गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै तीन छक्का र ६ चौका प्रहार गरे । यस्तै अर्जुन कुमालले ४६, विपीन खत्रीले ३२, विशाल पौडेलले १५ तथा दिनेश बुढामगरले १० रन बनाए । बलिङतर्फ कर्णालीका लागि दिनेश अधिकारीले ३, अनुज चुनारा र दिवान पुनले दुई÷दुई तथा रवीन्द्र शाहीले एक विकेट लिए । अहिले कर्णालीले ब्याटिङ गरिरहेको छ ।

यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र प्रदेश नं २ बीच खेल भइरहेको छ । लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो । उसका लागि सन्दीप रिजालले ८३, सौरभ खनालले ५६, विक्रम भुसालले ३६, सन्दीप सुनारले ११, अमित तामाङले ११ तथा कृष्ण कार्कीले १० रन बनाए । बलिङतर्फ प्रदेश नं २ का लागि हरिशङ्कर शाहले तीन, दिब्याङशु मल्लिकले दुई तथा शैफुल्लाह अन्सारी, कुमार थापा र विशाल सुश्लिङले एक एक विकेट लिए । अहिले प्रदेश नं २ ले २५८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी प्रदेशविरुद्ध ब्याटिङ गरिरहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ डुंगा डुब्दा १५ जना मछुवा बेपत्ता सुनको भाउ तोलामा १०० रुपैयाँले बढ्यो गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ