ताजा अपडेट »

शहिद यादवनाथ आलोकको स्मृतिमा तरुण दल तिलोत्तमाले फुटसल प्रतियोगिता गर्दै

विहीबार, ०१ चैत्र २०८०, १८ : ३९
104 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा-५ मा शहिद यादव नाथ आलोकको स्मृतिमा दोस्रो तिलोत्तमा नगरस्तरिय फुटसल प्रतियोगिता हुने भएको छ । तरुणदल तिलोत्तमा नगर समितिको आयोजनामा शुक्रबार देखि फुटसल प्रतियोगिता हुने भएको हो । आयोजक तरुणदल तिलोत्तमा नगरसमितिले विहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

तरणदल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले शहिद यादवनाथ आलाको सम्झनामा गर्न लागिएको प्रतियोगितामा तिलोत्तमा १७ वटा टिमको सहभागिता रहने बताए तिलोत्तमा–५ कफि कम्पनी नजिक रहेको युनिक फुटसल एरिनामा हुने प्रतियोगिताको उद्घाटन सहित यादवनाथ आलोककी श्रीमती सिता न्यौपानले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा विजेताले ३० हजार र उपविजेताले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन् । कुल २ लाख ८० हजार खर्च अनुमान गरिएको प्रतियोगिताको समापन शनिबार हुनेछ ।

कार्यक्रममा शहिद यादवनाथ आलोककी छोरी विना न्यौपाने नेपाली कांग्रेस पुर्व पार्टी सभापती रामचन्द्र ढकाल लगाएतले बोल्दै आलोकले समाजमा पुराएको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रम सचिव होम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।