ताजा अपडेट »

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न सिफारिस

आइतबार, २२ बैशाख २०७६, १० : ३९
2 Shares


वैशाख २२, ।

बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस भएको छ । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले त्यस्तो सिफारिश सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।शनिबार बसेकोे बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम रुप दिनेछ ।


बिशेष समितिका सदस्य बिष्णु पन्थीका अनुसार उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्रकुमार पुन मगरलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त प्रतिवेदनमा प्रदेशको नामका लागि यौटा मात्र नाम लुम्बिनी सिफारिस गरिएको छ । 

सुझाव संकलनका क्रममा आएका सुझाव अनुसार बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहट लगायतका नामहरू पनि सूचीमा राखिएका थिए । तर बैठकमा लुम्बिनीबारे सहमति भयो ।
विशेष समितिले बनाएका ६ वटा उपसमितिले तयार पारेको सुझावलाई समेटेर बनाएको प्रतिवेदन प्रदेश सभामा पेश हुनेछ । विशेष समितिका सभापति पुन मगरका अनुसार सुझाव संकलनका क्रममा आएका सुझावहरूलाई एकीकृत गरी प्रतिवेदन तयार गर्न पाँच सदस्यीय उपसमिति बनेको थियो । नामबारे सहमति जुटेपनि प्रतिवेदनमा स्थायी राजधानीका लागि कुनै एक स्थानलाई मात्र सिफारिश गरिएको छैन् । चर्चामा रहेका रुपन्देही, दाङ, कपिलवस्तु र बांकेलाई सिफारिस गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।