ताजा अपडेट »

तिलोत्तमा क्रिकेट विकास समितिमा पदस्थापन

बुधबार, २९ पुस २०७७, २१ : २५
6 Shares

तिलोत्तमा । तिलोत्तमाक्रिकेट विकास समितिको तेस्रो अधिबेसनबाट निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन तथा शपथ ग्र्रहण कार्यक्रम आज बुधबार सम्पन्न भएको छ । गत शनिबार सम्पन्न अधिवेशनबाट निर्वाचित दिपक शर्मा भुर्तेलको अध्यक्षता रहेको नयाँ कार्यसमितिलाई लोकनेश ढेंगामगर कार्यवहाक अध्यक्ष रहेको निवर्तमान समितिले पदस्थापन गराएको हो।

कार्यक्रममा निर्वाचन अधिकृत बाबुराम गैरेले नयाँकार्यसमितिलाई शपथ ग्रहण गराएका थिए । कार्यक्रममा निर्वाचित कार्यसमिति,मनोनित सदस्य तथा सल्लाहकारहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । निवर्तमान कार्यवाहक अध्यक्ष लोकनेश ढेंगा मगरको अध्यक्षता, तिलोत्तमा खेलकूद विकास समितिका संयोजक राजेन्द्र गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेलले शुभकामना मन्तब्य राखेका थिए।

नवनिर्वाचित अध्यक्ष दिपक शर्मा भुर्तेलले धन्यबाद मन्तब्य ,कार्यक्रमकमा निवर्तमान सचिव राजेन्द्र केसीले स्वागत गरेका थिएभने कार्यक्रमको सञ्चालन संञ्चारकर्मी कृष्ण भण्डारीले गरेका थिए ।
गत शनिबार सम्पन्न तिलोत्तमा क्रिकेट विकास समितिको तेस्रो अधिवेशनले दिपक शर्मा भुर्तेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको थियो । जसको उपाध्यक्षमा राजेन्द्र केसी, सचिवमा श्रीराम नेपाली, कोषाध्यक्षमा कमल श्रेष्ठ, सह सचिवमा मिलनभण्डारी, सह कोषध्यक्षमा रोशनशर्मा निर्वाचित भएकाछन् । त्यस्तै, सदस्यहरुमा माधव पन्थ, प्रकाश घिमिरे र भुपराजअधिकारी चयन भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।