ताजा अपडेट »

थप ४८८ जनामा कोरोना संक्रमण, १० को मृत्यु

सोमबार, २७ पुस २०७७, १६ : ०६
8 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८८ जनामा संक्रमण देखिएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५८ हजार ९६८ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय २७ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।