ताजा अपडेट »

७ दिनदेखि सम्पर्कविहिन रुपन्देहीकी लक्ष्मी भेटिइनन्

सोमबार, २७ पुस २०७७, ११ : ५१
4 Shares

बुटवल । रूपन्देहीको सियारी गाउँपालिका–५ बन्घुसरी, (छपिया/बैदौली) बाट गत पौष २० गतेदेखि हराएकी ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको परिवारले आफ्नी आमाको खोजी गरिदिन आग्रह गरेका छन् । ‘बिर्सने समस्या’का कारण बाटो बिराएर अन्यत्र पुगेको हुन सक्ने भन्दै परिवारले उनलाई भेट्ने जो कोहिले खबर गरिदिन आग्रह गरेका छन् ।

मीठो बोली भएकी, छोराहरूको नाम र आफ्नो घर बन्घुसरी एवम् छपिया भएको बताउन सक्ने र चिया पिउन रूचाउने उहाँको गत सात दिनदेखि धेरै ठाउँमा खोजी गर्दासमेत नभेटिएको भन्दै परिवारले दुःखेसो गरेका छन् । पौष २० गते घरबाट निस्कँदा कालो-पहेंलो लुंगी, हल्का रातो सल, स्विटर, कालो ऊनको टोपी र निलो चप्पल लगाएकी उनलाई २२ गतेतिर हरैया क्षेत्रका बासिन्दाले देखेको बताएपनि भेटाउन नसकिएको भन्दै वृद्धा आमाको उद्दार तथा कल्याणका लागि नजिकैको प्रहरी, सञ्चारमाध्यम वा आफ्नो मोबाइल ९८५७० ३९ ९९२ मा खबर गरी सघाउ पुर्याइदिन परिवारले आग्रह गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।