ताजा अपडेट »

अमेरिकामा अन्धाधुन्ध गोली चल्यो

आइतबार, १५ बैशाख २०७६, १० : ४३
2 Shares

बैशाख १५,

अमेरिकाको एक यहुदी आरधनास्थललाई बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् ।

सान डिएगोबाट उत्तरतर्फ रहेको पोवे शहरको यहुदी अरधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् । यहुदीहरुले अराधनास्थलमा पासओभर पर्व मनाइरहेका बेला बन्दुकधारीले गोली चलाएको बीबीसीले जनाएको छ । प्रहरीले १९ वर्षीय एक किशोरलाई पवेबाट पक्रेको छ । यहुदीमाथि किन आक्रमण भयो भन्नेबारे प्रहरीले कुनै तथ्य सार्वजनिक गरेको छैन । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घृणाका कारण अपराध भएको हुनसक्ने बताएका छन् । -एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।